२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व एआईजी सुवेदीविरुद्ध ‘प्रचण्ड’को सचिवालयद्वारा साइबर ब्यूरोमा उजुरी

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले नेपाल प्रहरीका पूर्व एआईजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दर्ता गरेको छ।

एक युट्युब च्यानलमा कुराकानीको क्रममा सुवेदीले जेनजी आन्दोलन सुरु हुनु अघिका दुई दिनमा प्रचण्डको निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ निकालिएको दाबी गरेका थिए।

उक्त अभिव्यक्तिलाई असत्य र भ्रम फैलाउने भन्दै माओवादी केन्द्रले बिहीबार त्यसको खण्डन गर्दै साइबर ब्यूरोमा उजुरी दिएको हो।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार आइतबार साइबर ब्यूरोमा उजुरी दर्ता गरी आवश्यक अनुसन्धान गर्न माग गरिएको छ।

‘झुठा सामग्री प्रवाह गरी भ्रम सिर्जना गर्नुका साथै चरित्रहत्या समेत गरिएको छ। सामाजिक सञ्जालमार्फत् पार्टी नेतृत्वविरुद्ध गरिएको यस्तो चरित्रहत्या गम्भीर साइबर अपराध भएकाले पूर्व एआईजी देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको हो,’ प्रचण्डको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार संयोजकको सचिवालयका तर्फबाट दिइएको उजुरीमा डिजिटल माध्यममार्फत् गरिएको गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएको भन्दै त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरिएको छ।