काठमाडौँ। गोकर्णेश्वर नगरपालिका वडा नं. ४ मा अवस्थित घनघोर जंगलको बीचमा रहेको वनदेवी मन्दिरमा दर्शनार्थीहरूको ठुलो भीड लागेको छ। धार्मिक महत्त्व बोकेको यो मन्दिर सामान्यतया सर्वसाधारणका लागि बन्द रहने गरे पनि विशेष गरी बडादसैँ र चैते दसैँको अवसरमा मात्र दर्शनका लागि खुला गरिन्छ, जसकारण ती दिनमा भक्तजनहरूको असाधारण चहलपहल देखिन्छ। फोटो : शर्मिला तिमल्सिना










