काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘जेन जी ‘ पुस्ताको प्रदर्शनको क्रममा गोलीबाट युवा विद्यार्थीहरूको निधन भएको घटनाबाट आफू मर्माहत भएको बताएकी छन् ।
विज्ञप्ति निकाल्दै उनले नवपुस्ताको भावना र मर्मलाई सबैले गम्भीरतापूर्वक आत्मसात् गर्न आवश्यक रहेको बताएकी छन् ।
सरकार, राजनीतिक दलहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई आन्दोलनरत युवाले अघि सारेका जायज मागप्रति संवेदनशील भई यथाशीघ्र वार्ता र संवादमार्फत समस्याको दिगो समाधान खोज्न उनको आग्रह छ ।
‘सरकार, सुरक्षा निकाय, राजनीतिक दल र नागरिक समाज सबैलाई मिलेर हालको तनावलाई संवेदनशील ढङ्गले समाधान गर्न र युवापुस्ताको विश्वास जित्ने कदम चाल्न आग्रह गर्दछु’, विद्याले भनेकी छन् ।








