२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘युवापुस्तालाई उद्यमशीलतामा आकर्षण गर्न बैंकले सरल नीति ल्याउनुपर्छ’: मुख्यमन्त्री कँडेल

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नयाँ पुस्तालाई उद्यम व्यवसायमा आकर्षण गर्न बैंक तथा वित्तीय संस्थाले आफ्ना नीतिमा सरलीकृत गर्नुपर्ने बताएका छन् । 

कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय बैंक तथा वित्तीय संस्थाहरुसँको छलफल कार्यक्रममा उनले युवालक्षित आकर्षणका कार्यक्रमले रोजगारी सिर्जना हुने बताए । 

कर्णालीबाट रोजगारीका लागि बिदेसिने जनशक्तिलाई प्रदेशमै उद्यम व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने सोचको विकास गराउनेतर्फ बैंकहरुले वित्तीय साक्षरता कार्यक्रम चलाउन पर्ने उनको भनाइ छ । उनले भने, “सेवाग्राही बैंक खोज्दै होइन तपाईँहरू सेवाग्राही खोज्दै जानुस् । उद्यम व्यवसायमा जति लगानी बढायो त्यति नै आर्थिक क्षेत्र चलायमान हुन्छ, बैंकहरुले सेवाग्राहीको पहुँचलाई सरलीकृत बनाउँदै लैजानु पर्दछ ।

मुख्यमन्त्री कँडेलले चालु आर्थिक वर्षदेखि ब्याज अनुदानको कार्यक्रमका क्षेत्रलाई विस्तार गरिएको उल्लेख गरे ।

अन्तरक्रियामा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव यज्ञ पुरीले प्रदेश सरकारबाट बैंकहरुमार्फत कार्यान्वयन हुने ब्याज अनुदान तथा कार्यक्रमहरूबारे जानकारी गरेका थिए ।