२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री न्यौपाने र सचिव पन्थबीच कार्यसम्पादन सम्झौता

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ। मन्त्रालयतर्फबाट मन्त्री भगवती न्यौपाने र सचिव रविलाल पन्थबीच चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता भएको हो।

सम्झौता कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले नीतिगत सुधार मात्र पर्याप्त नहुने उल्लेख गर्दै सो सुधारको प्रत्यक्ष प्रभाव नागरिकले तल्लो तहसम्म अनुभूत गर्न पाउनु जरुरी रहेकोमा जोड दिइन्। उनले भनिन्, “जनताको सन्तुष्टि नै वास्तविक मूल्याङ्कनको आधार हो, त्यसैले सेवा प्रवाह परिणाममुखी हुनुपर्छ।” मन्त्री न्यौपानेले सम्पूर्ण संरचनालाई नागरिक–केन्द्रित दृष्टिकोणमा अघि बढ्न निर्देशन दिइन्।

मन्त्री न्यौपानेले मन्त्रालयले अघि सारेका सुधारात्मक नीति तथा कार्यक्रमलाई द्रुत कार्यान्वयन गरेर नागरिकलाई सहज, सुलभ र गुणस्तरीय सेवा दिन सम्बन्धित निकायलाई आह्वान गरिन्। उनका अनुसार अबको प्राथमिकता शक्तिशाली प्रशासनिक संरचना, विवादरहित सरुवा प्रणाली र सेवाग्राहीमैत्री सेवा प्रवाह हुनेछ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै सचिव पन्थले मन्त्री न्यौपानेले औंल्याएका चुनौती र प्राथमिकतालाई सम्बोधन गर्न ठोस कार्ययोजना तयार गरी मन्त्रालयले थप जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। सचिव पन्थले यस सम्झौताले सम्पूर्ण प्रशासनिक निकायमा परिणाममुखी काम गर्ने नयाँ संस्कार स्थापित गर्ने उल्लेख गरे।

मन्त्री र सचिवबीच भएको सम्झौता कार्यक्रममा मन्त्रालयका सहसचिवहरूको समेत उपस्थिति थियो।