२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२१ लाखको अवैध कपडा बरामद

अ+ अ-

काठमाडौँ । गौशाला बजारबाट प्रहरीले २१ लाख पाँच हजार ६९९ बराबरको कपडासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक रमेश लामाको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा छापा मारी गर्दा सो परिमाणको विभिन्न किसिमको कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गौशाला नगरपालिका-५ गौशाला बजारस्थित सुबोध यादवको एकतले पक्की घर भाडामा लिई बस्दै आएका भारत, पश्चिम बङ्गाल प्रान्त, कोलकत्ताका ३६ वर्षीय मनोज रायलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिए । 

भन्सार छली गरी संकलन गरिएका ती लत्ताकपडा नियन्त्रणमा लिएको हो । त्यस्तै सोही स्थानबाट एक थान हरिणको सुकेको छाला (आखेटोपाहार) समेत फेला परेको थियो । बरामद भएका ती भन्सार छलीका लत्ता कपडा उपर आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय बुझाउने कार्य भइरहेको छ । यता आखेटोपाहारको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।