२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समान्य प्रशासन मन्त्री न्यौपाने र सचिव पन्थबीच कार्यसम्पादन सम्झौता

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने र सचिव रविलाल पन्थबीच कार्यसम्पादन सम्झौता भएको छ ।  मन्त्रालयमा बिहीबार कार्यसम्पादन सम्झौता सम्पन्न भएको हो । 

सम्झौता कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले नीतिगत सुधार मात्र पर्याप्त नहुने उल्लेख गर्दै सो सुधारको प्रत्यक्ष प्रभाव नागरिकले तल्लो तहसम्म अनुभूत गर्न पाउनु जरुरी रहेको बताएकी छन् । 

जनताको सन्तुष्टि नै वास्तविक मूल्यांकनको आधार भएको भन्दै उनले सेवा प्रवाह परिणाममुखी हुनुपर्नेमा जोड दिइन् । मन्त्री न्यौपानेले सम्पूर्ण संरचनालाई नागरिक-केन्द्रित दृष्टिकोणमा अघि बढ्न निर्देशन दिएकी छन् । 

मन्त्री न्यौपानेले मन्त्रालयले अघि सारेका सुधारात्मक नीति तथा कार्यक्रमलाई द्रुत कार्यान्वयन गरेर नागरिकलाई सहज, सुलभ र गुणस्तरीय सेवा दिन सम्बन्धित निकायलाई निर्देशन दिइन् । 

अबको प्राथमिकता शक्तिशाली प्रशासनिक संरचना, विवादरहित सरुवा प्रणाली र सेवाग्राहीमैत्री सेवा प्रवाह हुने उनले बताइन् ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै सचिव पन्थले मन्त्री न्यौपानेले औँल्याएका चुनौती र प्राथमिकतालाई सम्बोधन गर्न ठोस कार्ययोजना तयार गरी मन्त्रालयले थप जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।