२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहरी विकास मन्त्रालयबाट प्राथमिकताप्राप्त आयोजनाको लाइभ अनुगमन हुने

अ+ अ-

काठमाडौँ । सहरी विकास मन्त्रालयअन्तर्गतका प्राथमिकता प्राप्त आयोजनाहरूको अब मन्त्रालय भित्रबाटै दैनिक अनुगमन हुने भएको छ ।

सहरी विकास मन्त्रालयअन्तर्गत काम भइरहेका त्रिवि क्रिकेट स्टेडियम, सिंहदरवार भित्रै बनिरहेको संघीय संसद् भवन, नवलपुर नमुना सदरमुकाम, कोशी अस्पताललगायतका आयोजनाहरूलाई मन्त्रालयको कोठाभित्र बसेर अनलाइनमार्फत प्रत्यक्ष अनुगमन गर्न सकिने छ ।

उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले आज मन्त्रालयमा अनलाइन अनुगमन कक्ष उद्घाटन गरे । सो क्रममा उपप्रधानमन्त्री सिंहले आयोजनाहरूको कार्यगति बढाउन र आइपर्ने समस्या हल गर्न अनलाइन अनुगमन कक्षबाट सहज हुने विश्वास व्यक्त गरे ।

‘सहरी विकास मन्त्रालयअन्तर्गतका प्राथमिकता प्राप्त आयोजनाहरूको अनलाइन अनुगमन कक्ष आजबाट सञ्चालनमा आएको छ । यसले अनुगमनका क्रममा हुने खर्च र समय बचत हुने र आवश्यक समन्वयमा सहज हुँदा आयोजनाहरू समयमा सम्पन्न गर्न मद्दत पुग्ने विश्वास लिएको छु,’ मन्त्री सिंहले भने ।

उपप्रधानमन्त्री सिंहले अनुगमनका लागि फिल्डमा जाने पुरानो शैलीसँगै कामलाई सहज बनाउन र समस्याहरू तत्कालै हल गर्न प्रविधिको प्रयोग गरिने बताए ।

उनले शुरुबाट नै गम्भीर रूपमा अनुगमन गर्दै दिइएको निर्देशन पालना गरे समयमा काम सक्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

अनुगमन कक्ष औपचारिकता मात्र नभएर समयमा काम सम्पन्न गराउन यसको अधिकतम उपयोग गरिनुपर्नेमा पनि उपप्रधानमन्त्री सिंहले जोड दिए ।

मन्त्रालयका सचिव गोपाल सिग्देलले आगामी दिनमा अरू आयोजनाहरू पनि अनलाइन अनुगमन प्रणालीमा जोडिने बताए ।