काठमाडौँ । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । पाणिनी गाउँपालिका–७ एक्लेभिरमा बिहीवार बिहान लु १ ज ४९१५ नम्बरको बलेरो जिप दुर्घटना भएको हो ।
जिल्लाको छत्रदेव गाउँपालिबाट बुटवलतर्फ जाँदै गरेको जिप अनियन्त्रित भएर दुर्घटना हुँदा जिपमा सवार तीन जनामध्ये दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
घाइते दुई जनाको अवस्था गम्भीर रहेको र अर्का एक जना सकुशल रहेको प्रहरीको भनाइ छ ।
घाइते भएकाहरूको नाम खुलेको छैन । घाइतेको उपचारका लागि जिल्ला अस्पताल लगिएको जनाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।







