२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बच्चा जन्माउने रोबोट बनाउँदै चीन

अ+ अ-

काठमाडौँ। आधुनिक विज्ञान तथा प्रविधिको क्षेत्रमा चीनले गरिरहेको चमत्कारमा एउटा नयाँ अध्याय लेखिँदै छ ।

एक चिनियाँ कम्पनीले विश्वकै पहिलो मानव रोबोट तयार पार्दैछ, जसले भाडाको आमाको रूपमा अरूको बच्चा कोखमा राखेर जन्माइदिने छ ।

चिनियाँ रोबोटिक्स कम्पनीले विश्वकै पहिलो त्यस्तो सरोगेट रोबोटको निर्माण सम्पन्न गर्न थालेको समाचारले एकसाथ चर्चा तथा विवाद उत्पन्न गरेको छ ।

यहीँ अगष्ट ८ मा चिनियाँ विज्ञान तथा प्रविधि सम्बन्धी पत्रिका कुआई के झीले डा. झांङ क्विफेंगको अन्तर्वार्ता प्रकाशन गर्‍यो । सिंगापुरस्थित नानयांङग प्रविधि विश्वविद्यालयबाट विद्यावारिधि गरेका झांग काइवा टेक्नोलोजी नामक रोबोटिक्स स्टार्टअपका सिइओ हुन् । उक्त कम्पनीले गर्भधारण गरेर बच्चा जन्माउन सक्ने रोबोट निर्माणमा काम गरिरहेको छ ।

आफ्नो अन्तर्वार्तामा उनले आफ्नो कम्पनी विश्वकै पहिलो ह्युमानोइड प्रेग्नेन्सी रोबोटको निर्माण सम्पन्नको निकै नजिक पुगेको बताएका छन् । उक्त रोबोटको पेटमा कृत्रिम गर्भाशय हुनेछ ।

वास्तवमा रोबोटिक्स प्रविधिको क्षेत्रमा तथा समग्र मानव इतिहासमै क्रान्तिकारी परिवर्तन ल्याउने ठानिएको यो रोबोट सामान्य इन्कुबेटर भन्दा निकै फरक हुनेछ । यो रोबोटले महिलाले जस्तै आफ्नो गर्भाशयमा १० महिनासम्म गर्भधारण गरेर महिलाले जीवित बच्चा जन्माउन सक्नेछ।

यो सरोगेट रोबोटको सबैभन्दा महत्त्वपूर्ण अंग भनेकै कृत्रिम पाठेघर हो । उक्त कृत्रिम पाठेघरमा प्रत्यारोपित भ्रूणलाई वास्तविक पाठेघरभित्र जस्तै एम्नियोटिक तरलमा हुर्काइनेछ र बच्चाको नालसँग जोडिएको ट्युबमार्फत् पोषक तत्त्वहरू आपूर्ति गरिनेछ ।

डा. झांङका अनुसार यो कृत्रिम पाठेघरले हालसम्म जनावरहरूमा परीक्षण गर्दा राम्रो सफलता प्राप्त गरिसकेको छ । आगामी एक वर्षभित्रमा यो रोबोटको निर्माण सम्पन्न भएर बजारमा पठाइने र यसको मूल्य १ लाख युआन अर्थात् करिब १४ हजार डलर रहने बताइएको छ ।