२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्लभ खनिजबाट बनेको चुम्बक र मल भारतमा निर्यात गर्न लगाएको प्रतिबन्ध हटाउन सहमत देखियो चीन

अ+ अ-

काठमाडौँ । चीनका विदेश मन्त्री वाङ यीले भारत र चीनले एक अर्कालाई प्रतिद्वन्द्वी नभएर साझेदार ठान्नु पर्ने बताएका छन्।

भारत भ्रमणमा क्रममा भारतीय विदेश मन्त्री एस जयशंकरसँगको भेटमा वाङले उक्त कुरा बताएको फाइनान्सियल टाइम्सले लेखेको छ।

दुई देशले सम्बन्ध सुधार्ने कामको उच्च गति कायम राख्नु पर्ने पनि उनले बताएका छन्।

त्यस्तै वाङको भ्रमण द्विपक्षीय सम्बन्धको समीक्षा गर्न र आपसी हितका केही मुद्दाहरूमा विचार आदानप्रदान गर्ने अवसर भएको पनि जयशंकरले बताए।

भ्रमणका क्रममा चीनले दुर्लभ खनिज पदार्थबाट बनेको चुम्बक भारतमा, मल र सुरुङ खन्ने मेसिनहरूको भारत निर्यातमा लगाएको प्रतिबन्ध हटाउन पनि सहमत भएको फाइनान्सियल टाइम्सले यस बारेमा जानकार अधिकारीहरूको हवाला दिँदै लेखेको छ।

भारतसँगको सीमामा रहेको तनाव कम गर्ने लगायत विषयमा छलफल गर्न वाङ भारत भ्रमणमा गएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतप्रति आक्रामक नीति लिएपछि पछिल्लो समयमा भारत र चीन सम्बन्ध सुधार गर्न थालेका छन्। त्यसैलाई निरन्तरता दिन वाङले भारत भ्रमणमा गरेका हुन्।

विगत तीन वर्षमा चिनियाँ विदेश मन्त्रीको यो पहिलो भारत भ्रमण हो।

वाङले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभलसँग पनि भेट गरेका छन्। मंगलबार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्ने छन्।

लामो समयदेखिको सीमामा रहेको तनाव कम गर्नका लागि त्यहाँ परिचालित दुवै देशका सैनिकको सङ्ख्या घटाउनेबारे वाङले भारतसँग छलफल गरेका छन्।

सन् २०२० जुनमा सीमा क्षेत्रको गलवान उपत्यकामा सैन्य झडप भएपछि भारत र चीनको सम्बन्ध बिग्रिएको थियो।