२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गौर घटनाका सन्दर्भमा अध्ययन–अनुसन्धान गर्न बाटो खुल्यो

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले रौतहटको गौरमा २०६३ चैत ७ गते भएको घटनाको छानबिन अघि बढाउन आदेश गरेपछि आवश्यक अध्ययन-अनुसन्धानका लागि बाटो खुलेको छ ।

महान्यायाधिवक्ता कार्यालयले गौर हत्याकाण्डको विषयमा सर्वोच्च अदालतको पूर्णपाठ प्राप्त भएपछि फैसलामा लेखिएअनुसार आवश्यक अध्ययन–अनुसन्धानसहित कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धवप्रसाद पुडासैनीका अनुसार गौर घटनासम्बन्धी फैसलाको पूर्णपाठ प्राप्त भएपछि अनुसन्धानका क्रममा सरकारी वकिलको कार्यालयले प्रहरी संयन्त्रमार्फत आवश्यक प्रक्रिया अघि बढाउँछ । प्रहरीको प्रतिवेदनअनुसार सरकारी वकिलको कार्यालयले दोषी देखिएका व्यक्तिहरुविरुद्ध अदालतमा मुद्दा दायर गर्नुपर्ने कानुनी व्यवस्था छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार सो घटनाको छानबिन गर्न आदेश दिएको हो । उक्त घटनामा घाइते भएका त्रिभुवन साहलगायतले गौरस्थित राइस मिलको चौरमा भएको घटनाका सम्बन्धमा छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै २०८० साल जेठ २१ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र मधेसी जनअधिकार फोरमका कार्यकर्ताबीच राइस मिलको चौरमा झडप हुँदा २७ जना माओवादीका कार्यकर्ता मारिएका र सयभन्दा बढी घाइते भएका थिए ।

राष्ट्रिय मानव अधिकार आयोगलगायतका मानव अधिकार सम्बद्ध सङ्घसंस्थाले स्थलगत अनुगमनपछि गौर घटनामा मानिसको बाँच्न पाउने अधिकारको हनन भएको र मानव अधिकारको उल्लङ्घन भएको भनी दोषी पक्षलाई कारबाही हुनुपर्ने माग गर्दै आएका थिए ।