काठमाडौँ । वैदेशिक रोजगारीमा पठाई दिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका-५ घर भएका ४२ वर्षीय लुङबहादुर महरा छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार वैदेशिक रोजगारका लागि विदेश पठाउने भन्दै ठगी गरेको उनीमाथि आरोप छ । पक्राउ परेका उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रहरीले जनाएको छ ।







