२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली शैक्षिक प्रमाणपत्रसहित एकजना पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत, कानपुर नौवस्ति बस्ने २५ वर्षीय अभिषेक यादव रहेका छन् । उनको साथबाट विभिन्न नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती कागजात बनाउन प्रयोग हुने सामग्री बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा यादवलाई आइतबार साँझ पक्राउ गरेको जनाएको छ ।

“रुपन्देहीमा अवैध रूपमा नक्कली प्रमाणपत्रको कारोबार भइरहेको सूचना लामो समयदेखि आइरहेको थियो, त्यसैलाई पछ्याइरहेका थियौँ”,  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुरज कार्कीले भन, “सोही क्रममा यादवलाई ठूलो परिमाणमा नक्कली प्रमाणपत्रसहित पक्राउ गर्न सफल भयौँ ।”

सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्कमा रहेको होटेल मुक्तिनाथमा प्रवेश गर्न लाग्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । 

प्रहरीले यादवको शरीर र उनको सुटकेस खानतलासी गर्दा त्रिभुवन विश्वविद्यालयको जस्तै देखिने १०० वटा ट्रान्सक्रिप्ट र ३६ वटा खाली प्रमाणपत्र फेला पारेको छ । विभिन्न शैक्षिक संस्थाका तीन वटा नक्कली र पाँच वटा स्ट्याम्पप्याड, त्रिभुवन विश्वविद्यालयको चार हजार ४० थान रहेको २१ बण्डल होलोग्राम, उच्च माध्यमिक शिक्षा परिषद्को दुई हजार थान रहेको १९ प्याकेट, राष्ट्रिय परीक्षा बोर्डको एक हजार ७०० थान रहेको १७ प्याकेट नक्कली होलोग्राम र स्टिकर प्रहरीले बरामद गरेको छ । 

यसैगरी भारतको एमिटी विश्वविद्यालयका ८० वटा नक्कली मार्कसिट, ४० वटा प्रोभिजनल सर्टिफिकेट, ६० वटा क्यारेक्टर सर्टिफिकेट र ४९ वटा अन्य खाली प्रमाणपत्र र ४० वटा खाली लोगो फेला पारेको हो । 

जवाहरलाल नेहरु टेक्निकल युनिभर्सिटी हैदराबाद, छत्रपति साहूजी महाराज युनिभर्सटी, कानपूर, असम उच्च माध्यमिक शिक्षा परिषद्, कुरुक्षेत्र विश्वविद्यालय, आन्ध्र विश्वविद्यालयकासहित अवैध कारोबारका लागि प्रयोग भइरहेका विभिन्न विश्वविद्यालय तथा कार्यालयको नाम लेखिएका दर्जनौँ नक्कली छाप, चारवटा पेनड्राइभ, एक थान एचपी कम्पनीको ल्यापटप, एक थान आइफोन, एक थान रियलमी मोबाइल, तीनवटा एटीएम कार्ड, भारु १८ हजार ५०० रुपैयाँ र नेपाली तीन हजार २५ रुपैयाँ नगद बरामद गरिएको कार्कीले बताए । 

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले पक्राउ परेका यादव कसैका लागि काम गर्ने कामदार मात्र रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए । उनले प्रायजसो विदेश अध्ययन र कामको प्रायोजनको लागि नक्कली प्रमाणपत्र बनाउने गरेको सुरुवाती अनुसन्धानमा खुलेको बताए । 

“यस बाहेक अन्य प्रयोजनमा पनि यसको प्रयोगलाई नकार्न सकिँदैन,” उनले भने “हामीले यसको मुख्य मानिससहित अन्यलाई पहिचान गरेका छौँ, उनीहरू फरार रहेकाले पक्राउ परेपछि थप कुराहरू खुल्नेछ ।”