२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५९.७३ प्रतिशत पुग्यो सिद्धबाबा सुरुङको भौतिक प्रगति 

अ+ अ-

काठमाडौँ । सिद्धार्थ राजमार्गमा बन्दै गरेको सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५९.७३ प्रतिशत पुगेको छ ।

सुरुङमार्ग आयोजनाका अनुसार अहिले सिद्धबाबामा टनेल लाइनिङ (भुइँ र भित्ता ढलान) को काम धमाधम भइरहेको छ । यसबाहेक स्लोप प्रोटेक्सनमा समेत काम जारी छ ।

१ हजार ८९ मिटर लम्बाइको मुख्य टनेल सहित सबै बाइपास टनेलको यसअघि नै ब्रेक थ्रु भइसकेको थियो । यहाँ कुल तीन वटा बाइपास सुरुङ छन् । आयोजनाको वित्तीय प्रगति भने ५१.१ प्रतिशत पुगेको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा दोभानदेखि सिद्धबाबासम्म अग्लो भिर र चट्टानी पहाड भएकाले सिद्धबाबा सडक खण्डमा बर्खा र हिउँदमा अत्यधिक पहिरो झरिरहन्छ ।

यो खण्डको झन्डै ४ किलोमिटर सडक बर्खा र हिउँद सधैँ पहिरोको उच्च जोखिममा पर्ने गरेको छ । सोही जोखिम मध्यनजर गरी सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको हो ।

७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ । निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता अनुसार चैत २०८३ भित्र सुरुङमार्गको काम सम्पन्न गर्नुपर्ने छ ।