२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यान्वयनमा आयो स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली 

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली कार्यान्वयनमा ल्याएको छ । सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले स्थानीय शासन कार्यसम्पादन प्रणाली (एलजिपिएएस) मार्फत एकीकृत मूल्यांकन गर्ने गरी नयाँ कार्यविधि र प्रणाली तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिइन् । 

उनले भनिन्, “विगतमा स्थानीय तहको संस्थागत क्षमता विकास तथा सुशासन, वित्तीय जोखिम र स्थानीय आर्थिक विकासको अलग अलग मूल्यांकन गर्ने गरी कार्यविधि र प्रणालीहरू रहेकामा चालु आर्थिक वर्षबाट तीनवटै क्षेत्रलाई एकीकृत गरी विगतका प्रक्रियामुखी सूचकहरूलाई परिमार्जन गरी व्यावहारिक, वस्तुगत र नतिजामुखी बनाई स्थानीय शासन कार्यसम्पादन प्रणाली (एलजिपिएएस) मार्फत एकीकृत मूल्यांकन गर्ने गरी नयाँ कार्यविधि र प्रणाली तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ ।”

गत आर्थिक वर्षको स्थानीय तह संस्थागत क्षमता स्व:मूल्यांकन (एलआइएसए) र वित्तीय जोखिम मूल्यांकन (एफआरआई) को कार्य सम्पन्न गरी यही भदौ ६ गते नतिजा सार्वजनिक गरी सर्वोकृष्ट गाउँपालिका र नगरपालिकाहरूलाई कदर पत्र प्रदान गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।  

सोही दिन नयाँ स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली (एलजिपिएएस) को शुभारम्भसमेत गरिने मन्त्री न्यौपाने बताइन् । 

त्यसैगरी, मन्त्रालयले राष्ट्रिय किताबखानाको कर्मचारी व्यक्तिगत विवरण प्रणाली (पिआइएस) मा आवश्यक सुधार गरी प्रविधिमैत्री बनाउने अभियान सुरु गरेको छ । त्यसअन्तर्गत हालै कर्मचारी व्यक्तिगत विवरण प्रणाली (पिओइएस) लाई नागरिक एपमा अन्तर आबद्धता गरी सकिएको छ ।

मन्त्री न्यौपानेले भनिन्, “स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई संघीय प्रणालीको मर्मअनुरूप संघ, प्रदेश र स्थानीय तीनै तहका निर्वाचित जनप्रतिनिधिहरूको क्षमता विकासका लागि विशिष्टीकृत प्राज्ञिक तथा अनुसन्धानात्मक संस्था संघीय मामिला प्रशिक्षण प्रतिष्ठान (फटा) का रूपमा रूपान्तरित गर्न आवश्यक कानुनको प्रारम्भिक मस्यौदा तयार गरी सरोकारवालासँग छलफल प्रारम्भ गरिएको छ ।” 

आर्थिक वर्ष २०८२/८३ मा मन्त्रालयअन्तर्गत सञ्चालन हुने जलवायु परिवर्तन स्थानीय अनुकूलन कार्यक्रम, तराई मधेस समृद्धि कार्यक्रम, स्थानीय पूर्वाधार सहयोग कार्यक्रम र उच्च पहाडी एवम् हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्यविधिहरू तर्जुमा भई स्वीकृतिको चरणमा रहेको पनि मन्त्रालयले जनाएको छ । 

त्यसैगरी, प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमअन्तर्गत प्रदेशमार्फत स्थानीय तहमा कार्यान्वयन हुने नवप्रवर्तन साझेदारी परियोजनाको सञ्चालन निर्देशिका समेत तयार भई स्वीकृतिको चरणमा रहेको मन्त्री न्यौपानेले जानकारी दिइन् ।