२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संगीतकार तथा कवि नन्दनको निधन

अ+ अ-

चितवन । कवि तथा संगीतकार प्रेम विनोद नन्दनको आइतवार राति निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका नन्दनको ९० वर्षको उमेरमा चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानका अनुसार उनी लामो समयदेखि श्वासप्रश्वासलगायतका समस्याबाट ग्रसित थिए । विसं २०११ मा ‘झटारो’ गितीसङ्ग्रह प्रकाशन गरेर नेपाली गीत संगीत र साहित्य क्षेत्रमा प्रवेश गरेका नन्दन गजल, कविता तथा अन्य काव्यमा कलम चलाएका छन् । 

उनका धेरै गीत चलचित्र क्षेत्रमा चर्चित छन् । उनका गिती सङ्ग्रह अञ्जली २०२३, सपनीबाट ब्यूझेर २०२३, बिपनीका पाइलाहरू २०५२, ऐनाभित्रको आकाश २०६३,  सिद्धार्थको ग्रह त्याग लघु काव्य २०७४ र पत्रम पुष्पम कविता सङ्ग्रह २०७७ प्रकाशित भएका छन् ।

यस्तै राष्ट्रिय गान छनोटका क्रममा उनको गीत उत्कृष्ट १० भित्र पर्न सफल भएको थियो  । प्रधानका अनुसार उनले लामो समय बागिश्वरी, दोभान, मारुनी, गोधुलीलगायतका साहित्यिक पत्रिका पनि सम्पादन गरेका थिए । अनौपचारिक शिक्षा आर्जन गरेर गीत संगित र साहित्यमा लागेका नन्दन गायक, संगीतकार तथा कलाकार पनि थिए ।

विसं १९९२ जेठ १९ गते तनहुँको बन्दीपुरमा जन्मेका नन्दनपछि बसाइँ सरेर चितवनको नारायणगढ आएको हुन् । उनी  छिन्नलता गीत पुरस्कार २०५४, चिसाप प्रतिभा पुरस्कार २०५२, चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार २०६४, नारायणी प्रज्ञा पुरस्कार २०७८, राष्ट्रिय स्रष्टा सम्मान २०७७ लगायतका सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन् । उनलाई रथारोहण तथा सम्मानसमेत गरिएको थियो ।

उनको पार्थिव शरीरको आज धार्मिक तीर्थस्थल देवघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ ।