२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अलास्कामा अमेरिका-रुस वार्तापछि जेलेन्स्कीले वासिङ्टनमा राष्ट्रपति ट्रम्पलाई भेट्ने

अ+ अ-

एएफपी । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भएको ‘ऐतिहासिक’ वार्ताको दुई दिनपछि सोमबार वासिङ्टनमा ट्रम्पसँग भेट्ने घोषणा गरेका छन्।

शनिबार सामाजिक सञ्जाल एक्समा लेख्दै उनले आफू र राष्ट्रपति ट्रम्पबीच डेढ घण्टा लामो र अर्थपूर्ण वार्ता भएको बताए । प्रारम्भमा दुई नेताबीच मात्र कुरा भएको भए पनि पछि युरोपेली नेताहरूलाई समेत छलफलमा सामेल गरिएको उनले बताए ।

जेलेन्स्कीले युद्ध अन्त्यका लागि वासिङ्टनको भूमिकालाई निर्णायक हुने उल्लेख गर्दै भने “युक्रेन शान्ति ल्याउन अधिकतम प्रयास गर्न तयार छ । राष्ट्रपति ट्रम्पले पुटिनसँगको भेट र छलफलका मुख्य बुँदाबारे मलाई जानकारी गराए । अमेरिकाको सहभागिता स्थिति परिवर्तनमा महत्त्वपूर्ण हुनेछ ।”

ट्रम्पले प्रस्ताव गरेको युक्रेन-अमेरिका-रुस त्रिपक्षीय बैठकलाई स्वागत गर्दै उनले यस्तो ढाँचा शान्तिका लागि उपयोगी हुने विश्वास व्यक्त गरे।

“सोमबार म वासिङ्टनमा राष्ट्रपति ट्रम्पसँग प्रत्यक्ष भेट्नेछु । हत्या र युद्ध अन्त्यका सम्भावनाबारे विस्तृत छलफल गर्नेछौँ । निमन्त्रणाका लागि म आभारी छु”, जेलेन्स्कीले लेखेका छन् ।

युरोपेली संलग्नता र भरपर्दो सुरक्षा ग्यारेन्टी आवश्यक भएको उल्लेख गर्दै उनले भने, “युक्रेनले समाधानका लागि आफ्नो प्रयासमा कुनै कसर बाँकी राख्नेछैन । हामीले सबै साझेदारहरूसँग निरन्तर समन्वय गरिरहेका छौँ ।”

यसअघि, ट्रम्पले सोमबार वासिङ्टनमा जेलेन्स्कीसँग भेट हुने र परिस्थिति अनुकूल भएमा पुटिनसँगको बैठक पनि सम्भव हुने बताएका छन् । उनले लेखेका छन्, “यो भेटवार्ताले लाखौँ मानिसको जीवन बचाउन सक्छ ।”

यसबाहेक, गत शुक्रबार अमेरिका र रुसबीच युक्रेन युद्धविरामबारे अलास्कामा बहु प्रतीक्षित वार्ता भएको थियो । रुसका वरिष्ठ अधिकारी किरिल दिमित्रिभले अमेरिकाले दिएको ‘उत्कृष्ट स्वागत’ को प्रशंसा गर्दै, कठिनाइबीच पनि दुवै देशबीच सम्बन्ध निर्माण जारी रहने बताएका थिए ।