काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते छन् ।
आइतबार बेलुकी ९: ४७ बजे बूढानीलकण्ठ नगरपालिका-७ स्पेसल चोकमा बा. प्र. ०२-०४१ प ६८१९ नम्बरको स्कुटर र प्र. ३-०२-००२ प ५७२ नं को मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मोटरसाइकलमा तीन जना सवार थिए भने स्कुटरमा दुई जना सवार थिए। दुर्घटनापछि पाँचै जनालाई गम्भीर घाइते अवस्थामा उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो।
गम्भीर घाइते भएका मोटरसाइकलका चालक सिरहाको जमदाहाका २९ वर्षीय भोला थापाको उपचार क्रममा सोमबार बिहान मृत्यु भएको हो ।
अन्दाजी ३५ वर्षका अर्का व्यक्तिको पनि सोही समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकलमा थिए कि स्कुटरमा थिए भन्ने खुलेको छैन।
तीन घाइतेको उपचार जारी छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।







