२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आचरण विपरीत काम गरेका प्रहरीलाई कारवाही गरिएको हो, नजरबन्दमा राखिएको छैन : नेपाल प्रहरी

अ+ अ-

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ‘१३ जना प्रहरीलाई नजरबन्दमा राखिएको’ भन्ने समाचारलाई असत्य र भ्रामक बताएको छ। प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै सो समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेको हो।

विज्ञप्तिमा भनिएको छ, “मिति २०८२ साउन ३१ गते केही अनलाइन तथा सामाजिक सञ्जालमा सम्प्रेषित ‘१३ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखाले एक नम्बर गणभित्र एरिया हद (एक प्रकारको नजरबन्द) तोकेर एक वर्षभन्दा बढी समयदेखि गैरकानूनी रूपमा राखिएको छ’ भन्ने समाचारमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।”

प्रहरी प्रधान कार्यालयका अनुसार, समाचारमा उल्लेख भएअनुसार कुनै पनि प्रहरी कर्मचारीलाई नजरबन्दमा राखिएको छैन। तर, प्रहरी आचरण विपरीत काम गर्ने केही प्रहरी कर्मचारीहरूको सम्बन्धमा पटक–पटक आम सर्वसाधारणबाट गुनासो तथा उजुरीहरू आएकोले निजहरूमाथि प्रहरी नियमावली बमोजिम आवश्यक छानबिन प्रक्रिया भइरहेको स्पष्ट गरिएको छ।

विज्ञप्तिमा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) विनोद घिमिरेले भनेका छन्, “उजुरी प्राप्त भएपछि नेपाल प्रहरी प्रधान कार्यालय, सुपरिवेक्षण तथा अनुगमन महाशाखाले सम्बन्धित प्रहरीलाई झिकाई अनुसन्धान कार्य गरिरहेको छ। यस सम्बन्धमा प्रकाशित समाचारमा कुनै पनि सत्यता छैन। नेपाल प्रहरी कानून कार्यान्वयन, मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा सदैव प्रतिबद्ध छ।”