काठमाडौँ । जुवातास खेलेको आरोपमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नागार्जुन नगरपालिका-१ रानिवनस्थित पार्टी प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा शनिबार दिउँसो आठ जना पक्राउ परेका हुन् ।
गोरखाको गण्डकी गाउँपालिका-५ घर भएका ४८ वर्षीय देव खनाल लगायत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ४ सय ८० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।







