२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहरमा बस्नेलाई शिविरमार्फत सेवा दिँदै काभ्रेका स्थानीय तह

अ+ अ-

काभ्रेपलाञ्चोक । गाउँ छाडेर सहर बस्ने आफ्ना नागरिकलाई काभ्रेपलाञ्चोकका स्थानीय तहले शिविरमार्फत सेवा दिन थालेका छन् । चौँरीदेउराली गाउँपालिकाले काठमाडौँमा बसोबास गर्दै आएका आफ्ना नागरिकका लागि शिविर सञ्चालनको तयारी गरेको छ भने तेमाल गाउँपालिकाले साउन तेस्रो साता शिविरमार्फत सहरमा बस्नेलाई आवश्यक सेवा दिएको थियो । 

विशेष गरी सामाजिक सुरक्षा भत्ता वितरण एवं परिचयपत्र नवीकरण गर्ने व्यवस्था मिलाएको गाउँपालिकाले जनाएको छ । चौँरीदेउरालीले सार्वजनिक सूचना नै प्रकाशन गरी आजदेखि काठमाडौँको विभिन्न स्थानमा सेवा दिने जनाएको हो । करिब एक हप्ते शिविरमार्फत सेवा दिन सार्वजनिक गरी तालिकामा मिति र वडा नं उल्लेख गरी उक्त वडाका नागरिकलाई सेवा दिने जनाइएको छ । 

यसअघि यही साउन तेस्रो साता जिल्लाको तेमाल गाउँपालिकाले साउन तेस्रो साता गाउँ छाडेर काठमाडौँ उपत्यकालगायतका सहरमा बस्ने नागरिकलाई घुम्ती शिविरमार्फत सेवा प्रदान गरेको थियो । गाउँपालिकाले विशेष गरी आफ्ना नागरिक बसेको स्थानमै शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता वितरण एवं नवीकरण गरेको हो । एक हप्ते शिविरबाट सामाजिक सुरक्षा भत्ता लिने पाँच सय ९१ नागरिकलाई सेवा दिइएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर लामाले जहाँ गाउँपालिकाको नागरिक बस्छन् त्यही सेवा दिने कार्यलाई निरन्तरता दिइने तथा यस्ता नवीनतम कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने योजना बनाउँदै गरेको बताए । अभिलेख अद्यावधिकमा पनि टेवा पुगेको जनाउँदै गाउँपालिकाले उपत्यकालगायत सहरमा बस्नेले अब सामाजिक सुरक्षा भत्ता लिन गाउँसम्म पुग्नुपर्ने बाध्यताबाट मुक्त हुने जनायो ।