२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुवेतमा विषादीयुक्त मदिरा सेवनबाट ३५ नेपाली बिरामी

अ+ अ-

काठमाडौँ । कुवेतमा केही दिनअघि विषादीयुक्त मदिरा सेवनका कारण ३५ नेपाली बिरामी भइ अस्पतालमा उपचाररत रहेका छन् ।

केवतस्थित नेपाली दूतावासले उक्त दु:खद् घटनामा ३५ जना नेपाली नागरिक अस्पताल भर्ना भएको जानकारी प्राप्त भएको जनाएको छ । निजमध्ये केहीको मृत्यु भएको जानकारी पनि राजदूतावासमा प्राप्त भएको छ भने केहीको गम्भीर अवस्थामा उपचार भइरहेको छ । केही बिरामी विभिन्न अस्पतालमा सामान्य अवस्थामा उपचाररत रहेका दूतावासले शुक्रबार विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

उक्त विषयमा जानकारी प्राप्त हुनासाथ दूतावासबाट राजदूतलगायत अन्य कर्मचारीले विभिन्न अस्पताल भ्रमण गरी नेपाली बिरामीको अवस्थाका बारेमा जानकारी लिएको थियो । यस सम्बन्धमा दूतावासले सम्बन्धित अस्पताल र कुवेतको स्वास्थ्य मन्त्रालयका अधिकारीसँग निरन्तर सम्पर्कमा रही अस्पतालमा उपचाररत बिरामीको उचित उपचारका लागि निरन्तर समन्वय गरिरहेको जनाएको छ ।

उक्त घटनाका मृतकप्रति दूतावासले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ । साथै दूतावासले उपचाररत बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थको सेवनबाट टाढा रहनु हुनसमेत दूतावासले विशेष अनुरोध गर्दै त्यस सम्बन्धमा कुनै जानकारी लिनुपरेमा दूतावासको वाट्सएप नं.९६५६१००८९५६ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।