काठमाडौँ । लोक सेवा आयोगले सामाजिक सुरक्षा कोषको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले शुक्रबार एक सूचना जारी गरी सामाजिक सुरक्षा कोषको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
सामाजिक सुरक्षा कोषको वि.नं. ४, ५, ७ र ८ र०८१-८२ (आ.प्र), खुला तथा समावेशी, विभिन्न सेवा, समूह, उपसमूहका तह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।







