२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाकालीमा बहाव बढेपछि नेपाल-भारत सीमाको बनबासा पुल बन्द

अ+ अ-

काठमाडौँ। महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल–भारत सीमा नाकामा पर्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज)बाट सवारी साधन आउँ-जाउ गर्न रोक लगाइएको छ ।

आज बिहान ११ बजेको समयमा महाकाली नदीमा १ लाख २६ हजार ७१२ क्युसेक पानीको बहाव मापन भएको थियो ।

त्यसैले चार पाङ्ग्रे र दुई पाङग्रे सवारी साधन तथा मानिसहरूको समेत आउँ-जाउ बन्द गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

बनबासा पुलमा रहेको बाढी मापन केन्द्रमा पानीको बहाव एक लाख भन्दा बढी भएमा सुरक्षाका दृष्टिकोणले खतरा मानिन्छ ।

भारततर्फ पर्ने शारदा ब्यारेज केन्द्रले पनि सूचना जारी गर्दै आगामी केही घण्टा अझै वर्षा हुने सम्भावना रहेको र बहाव अझै बढ्ने सम्भावना रहेकाले पुल हुँदै यात्रा गर्न रोक लगाइएको जनाएको छ । सूचनामा अत्यावश्यक नपरेसम्म यात्रा नगर्न भनिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल वर्षा गराउने प्रणाली पश्चिम नेपालतर्फ केन्द्रित छ । त्यसैले वर्षाको सम्भावना अझै कायम रहेको मौसमविदहरुले बताएका छन् ।