२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री चौरसियाको जिकिर : ‘कैदीबन्दीलाई नि:शुल्क कानुनी सहायता उपलब्ध गराएका छौँ’

अ+ अ-

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले कैदी बन्दीहरूलाई सरकारले नि:शुल्क कानुनी सहायता उपलब्ध गराएको बताएका छन् ।

बुधबार सिंहदरवारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले कैदीबन्दीहरु सबैले कानुनी सहायता पाएको जिकिर गरेका हुन् ।

कानुन सुधारका कामहरू पनि भइरहेको मन्त्री चौरसियाले बताए ।

‘कानुन मन्त्रालयले हेर्ने भनेको निस् शुल्क कानुनी सहायता कैदीबन्दीहरूले पाएका छन् की छैनन् भन्ने हो । त्यो पाएका छन्,’ उनले भने, ‘कतिपय ठाउँमा सरकारले संघीय सरकारले पनि र जिल्ला जिल्लामा र अदालतमा पनि निस् शुल्क कानुनी सहायता हुन्छ । मधेश सरकारले अलग किसिमबाट निस् शुल्क कानुनी सहायता अधिकृत नियुक्ति गरेको छ ।’

कारागार अध्ययन, थुनुवा कोठाहरूको अध्ययन र कारागारमा रहेका बन्दीहरूको अवस्थाको सम्बन्धमा पनि अध्ययन प्रतिवेदनको सुझावअनुसार काम भइरहेको उनले बताए ।

‘कानुन सुधारका कुराहरू पनि उठेका छन् । कानुन सुधारका कुरामा सांसदज्यूहरूले कारागार अध्ययन, थुनुवा कोठाहरूको अध्ययन र कारागारमा रहेका बन्दीहरूको अवस्थाको सम्बन्धमा सभापतिजीकै अध्यक्षमा भएको बैठकबाट प्रतिवेदन दिनुभएको छ । कानुन सुधारका कुराहरू अघि बढाएको छ,’ मन्त्री चौरसियाले भने ।