२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्ती अस्पतालमा स्वास्थ्य मन्त्रीको छड्के, सरकारी डाक्टर निजीमा भेटिए 

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले राप्ती प्रादेशिक अस्पताल, दाङको छड्के अनुगमन गरेका छन् । 

सेवाग्राहीको विभिन्न सेवाका बारेमा गुनासो बढ्न थालेपछि स्वास्थ्य मन्त्री सारुले आकस्मिक छड्के अनुगमन गरेका हुन् ।

बिहान १० बज्नुभन्दा पहिले नै स्वास्थ्य मन्त्री सारू सहित प्रदेश सचिव दुर्गालक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीको टोलीले राप्ती प्रादेशिक अस्पतालको आकस्मिक अनुगमन गरेको हो । 

अनुगमन पश्चात् मन्त्री सारुले टिकट, लाइन व्यवस्थापन, टिकट काउण्टर, टोकन सिस्टम, महिला, ज्येष्ठ नागरिक, अपांग र अशक्तहरूलाई सहुलियत, ड्युटी तालिकालगायतका विषयमा समस्या रहेको बताए ।

मन्त्री सारुले समयमा डाक्टर नआउने, अधिकांश कर्मचारीहरूले सरकारी पोसाक नलगाएका, कुनै कोठामा बत्ती समेत नभएको लगायतका विषयमा सुधार गर्न निर्देशन दिए । मन्त्री सारुले सुरुमा आफै सेवाग्राही बनेर सेवा प्रदानबारे अनुगमन गरेका थिए । ११/१२ बजेसम्म डाक्टरहरू अस्पतालमा नआउने गुनासो सेवाग्राहीको थियो ।

छात्रवृत्ति करारका केही डाक्टरहरू मात्र अस्पतालमा समयमा आउने तर धेरैजसो स्थायी डाक्टरहरू समयमा नआउने, चाँडै जाने, सरकारी अस्पतालमा भन्दा व्यक्तिगत अस्पतालमा समय दिने सेवाग्राहीको गुनासो थियो ।

बिरामीहरूसँग अस्पतालको सेवा प्रवाह र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले गर्ने व्यवहार बुझ्दै मन्त्री सारुले बिरामीसँग राम्रो व्यवहार गर्न कर्मचारीहरूलाई निर्देशन दिए । मन्त्री सारुले स्वास्थ्य मन्त्रालयको स्वीकृति लिएर मात्र सरकारी अस्पताल भन्दा बाहिर अभ्यास गर्ने विषय कडाइका साथ लागु गर्न अस्पताल प्रमुखलाई निर्देशन दिए ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रदेश सचिव दुर्गालक्ष्मी श्रेष्ठले पूर्ण रूपमा ईहाजिरि लागु गर्नुपर्ने, ड्रेस कोडको पालना गर्नुपर्ने, कर्मचारीको उपस्थिति समय, डाक्टरहरू पुरा समय अस्पतालमा बस्नुपर्ने, फार्मेसीमा अभाव भएका औषधिको परिपूर्ति गर्नुपर्ने लगायतका विषयमा अस्पताल प्रशासनको ध्यानाकर्षण गराइन् । उनले डाक्टरहरूलाई अस्पतालमा पुरा समय बिताउन र बिरामीलाई सेवा दिन निर्देशन दिइन् ।

अस्पतालका मेसु पदमराज अधिकारीले सीमित श्रोत र साधनका बीच अस्पतालको व्यवस्थापन राम्रो गर्ने प्रयास गरिरहेको बताए । उनले प्राप्त सुझावहरू ईमान्दारिताका साथ पालना गर्ने भन्दै मन्त्री स्तरको अनुगमनले काम गर्ने हौसला मिलेको बताए ।