२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘योग्यताको आधारमा रोजगार प्रदान गर्ने नीतिगत व्यवस्थामा सरकारले जोड दिएको छ’ : मन्त्री भण्डारी

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीको बाध्यता अन्त्य गर्ने लक्ष्यसहित सरकार लागिरहेको बताएका छन् । 

नेपाल युथ फाउन्डेसन र ओल्गापुरी भोकेसनल स्कुलले अन्तरराष्ट्रिय युवा दिवस २०२५ का अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सरकारले दक्षता र योग्यताको आधारमा रोजगार प्रदान गर्ने नीतिगत व्यवस्थामा जोड दिइरहेको बताए । 

मन्त्री भण्डारीले युवा वर्गलाई देशमै टिकाउन रोजगारसहितको आर्थिक समृद्धि अनिवार्य भएको बताए । 

“हरेक वर्ष पाँच लाख श्रमिक बजारमा प्रवेश गर्छन्, तीमध्ये एक लाखलाई मात्रै स्वदेशमै रोजगार तथा उद्यमशीलतामा समाहित गर्न सकिरहेका छौँ । बाध्यतापूर्ण वैदेशिक रोजगारको कारणले पछाडि परेको आन्तरिक रोजगारलाई प्रोत्साहन गर्दै अबको १० वर्षमा बाध्यतामूलक वैदेशिक रोजगारी अन्त्य गर्ने हाम्रो लक्ष्य छ”, उनले भने । 

तालिम र सीपबिना वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाउने स्पष्ट पार्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप र पुँजीलाई स्वदेशमै प्रयोग गर्न सरकारले प्रोत्साहन गरिरहेको बताए । उनले व्यावसायिक सीप विकास प्रशिक्षण प्रतिष्ठान र ओल्गापुरी भोकेसनल स्कुलबीच सीपमूलक तालिमका लागि समझदारी हुने बताए ।