२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकको भाग्य र भविष्य कोर्न युवाहरूलाई राष्ट्रपतिको सुझाव

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्न युवाहरूलाई सुझाव दिएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यही राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउनुपर्ने बताए ।

युगिन जिम्मेवारी पूरा गर्न युवाहरू सक्षम रहेको भन्दै उनले उद्यमशीलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने अहिलेको समयको माग भएको जिकिर गरे ।

राष्ट्रपति पौडेलले भने, ‘अब यही राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरूको काँधमा छ । युगिन जिम्मेवारी पूरा गर्न तपाईँहरूको सक्षम हुनुहुन्छ । उद्यमशीलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने यो समयको माग हो ।’

उनले विश्वव्यापीकरण र सूचना तथा प्रविधिको तीव्र विस्तारको आधुनिक युगमा युवा पुस्ताले चाहेको विकास सुशासन र समृद्धिको सपना पूरा गर्नु नै आजको मुख्य कार्यभार भएको बताए ।

युवाको विदेश पलायन रोकेर उनीहरूलाई स्वदेशमै रोजगारीतर्फ आकर्षण गर्ने उद्यमशीलता विस्तार एवं प्रवर्द्धन गर्ने नीति र कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक रहेको उनले बताए ।

राष्ट्रपति पौडेलले प्रविधिबाट अभ्यस्त नेपाल युवालाई स्वदेशमै अवर दिन सरकारले सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानीका लागि वातावरण निर्माण र नवप्रवर्तन र उद्यमशीलता विस्तारलाई प्राथमिकता दिएको बताए ।