२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

“मौनतामा पुरुष पनि रोएका होलान्” गीत सार्वजनिक, पुरुषका अदृश्य पीडालाई उजागर

अ+ अ-

काठमाडौं । गीतकार नारायण खतिवडाको शब्द, शिलाबहादुर मोक्तानको सङ्गीत तथा गायक प्रवीण भेडवालको स्वरमा तयार गरिएको “मौनतामा पुरुष पनि कति रोएका होलान्” गीत अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको छ। नमस्ते नेपाल डिजिटल स्टूडियोमार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडियोले समाजमा प्रायः अनदेखा हुने पुरुषका पीडाहरूलाई गहिरो रूपमा प्रस्तुत गरेको छ।

गीतको मिक्सिङ मनोज स्याङ्सोन राई र मास्टरिङ सुरेश राईले गरेका हुन् भने रेकर्डिङ स्टुडियो किङमा गरिएको हो। भिडियोमा शोभा खडका, महेश्वर खतिवडा, सन्तोष धिमाल र गणेशकुमार ढकालको अभिनय रहेको छ। निर्देशन खतिवडा स्वयंले गरेका छन् भने सम्पादन विकास धमलाले गरेका हुन्।

समाजमा ‘छोरा मान्छे भएर पनि रूने हो त ?’ भन्ने धारणा गहिरो रूपमा स्थापित छ। यद्यपि गीतले देखाउन खोजेको सन्देश स्पष्ट छ-पुरुषहरू पनि पीडित हुन्छन्, उनीहरू पनि आँसु झार्छन्, तर प्रायः एकान्तमा वा मनभित्र मात्र। यस्तो मौन पीडा प्रष्ट्याउने निकायको अभाव, प्रविधिको असमान पहुँच, एकाङ्गी सोच र कतिपय कानूनी प्रावधानका कारण समस्या झन् गहिरिँदै गएको गीतमा चित्रण गरिएको छ।

पुरुष हिंसा वा प्रताडनासम्बन्धी घटनाहरू उजागर हुन नसक्नुको कारणमा विषयलाई हल्का रूपमा लिनु, कानूनी असमानता र संस्थागत संरचनाको कमी रहेको उल्लेख गरिएको छ। गीतले आजको वास्तविकतालाई संकेत गर्दै चेतावनी दिएको छ- यस्ता मौन पीडाहरूलाई समयमै सम्बोधन नगरे ‘भूषको आगो’ जस्तै समाजभित्र विस्फोट हुने खतरा बढ्छ।

गीतका रचनाकार खतिवडाले यसअघि पनि थुप्रै गीत र पुस्तक सार्वजनिक गरिसकेका छन्। यसपटक उनले निर्देशनमार्फत पुरुषका लुकेका पीडा र न्यायको खोजीको कथालाई संगीत र दृश्यमार्फत जीवन्त पारेका छन्।