२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री न्यौपानेले भनिन्-‘सेवाकालीन तालिम बढुवाका लागि अंकको दौड होइन, परिणाममुखी हुनुपर्छ’ 

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवाका लागि अंक प्राप्त गर्ने माध्यमका रूपमा सीमित राख्न नहुने बताएकी छन् । 

उनले तालिमलाई कार्यक्षेत्रमा दक्ष, चुस्त-दुरुस्त र जनमुखी सेवा प्रवाह गर्न सक्ने गरी प्रभावकारी प्रशिक्षणका रूपमा विकसित गर्नुपर्नेमा जोड दिए ।

मन्त्रालयअन्तर्गत स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृत स्तरका कर्मचारीका लागि ३२ दिने सेवाकालीन तालिमको आज यहाँ शुभारम्भ गर्दै उनले तालिमबाट कार्यक्षेत्रमा आवश्यक ज्ञान र सीप प्राप्त हुने विश्वास व्यक्त गरिन्। 

मन्त्री न्यौपानेले सबै सेवा समूहका कर्मचारीलाई एउटै ढाँचामा तालिम दिने प्रवृत्तिले अपेक्षित नतिजा ल्याउन नसक्ने बताउँदै सम्भव भएसम्म सेवा समूहअनुसार विशिष्ट ज्ञान तथा सीप प्रदान गर्ने तालिम प्रणाली विकास गर्नुपर्ने बताइन् । 

“तालिमले कर्मचारीको ज्ञान मात्र होइन, व्यवहारिक दक्षता, जिम्मेवारी बोध र जनतासँगको सम्पर्क सुधारमा प्रत्यक्ष योगदान पुर्‍याउनुपर्छ । त्यसैले सबै समूहका जनशक्तिलाई एउटै खालको तालिम दिएर हुँदैन । सेवा प्रवाह पारदर्शी, परिणाममुखी र समयमै उपलब्ध हुने खाल ज्ञान हासिल गर्न सोहीअनुसार तालिम प्रणालीको विकास आवश्यक छ”, उनले भनिन् । 

मन्त्री न्यौपानेले यस प्रकारका प्रशिक्षणले प्रशासनिक कार्यसम्पादनमा गुणस्तरीय सुधार ल्याएर जनताको विश्वास पुन:स्थापित गर्ने, उत्तरदायित्व अभिवृद्धि गर्ने र नीति-कार्यान्वयन प्रक्रियालाई तीव्र बनाउन सहयोग पुर्‍याउने धारणा राखिन। 

कार्यक्रममा मन्त्रालयका उपसचिव, प्रतिष्ठानका कार्यकारी निर्देशक, वरिष्ठ प्रशिक्षकलगायतको सहभागिता रहेको थियो ।

त्यस अवसरमा तालिमका लक्ष्य, कार्ययोजना र विषयवस्तुबारे जानकारी गराइएको थियो ।