२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती काँग्रेस विवादबारे आज दुई पक्ष संवाद, भोलि देउवासँग भेट्ने

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशमा नेपाली काँग्रेसभित्र देखिएको समस्याको समाधान खोज्नका लागि दुई पक्षको संवाद आइतबार साँझ हुने भएको छ ।

सभापति शेरबहादुर देउवाको उपस्थितिमा मुख्यमन्त्री इन्द्र बानियाँ र बहादुरसिंह लामा बीचमा भएको सहमति कार्यान्वयन हुनुपर्ने माग लामा पक्षले गर्दै आएको छ ।

लामा पक्षका अनुसार पूर्वमुख्यमन्त्री लामाले नियुक्त गरेर मन्त्री हुन नपाएका तीन जनालाई नयाँ बानियाँ नेतृत्वको मन्त्रिपरिषद्मा सहभागी गराउनुपर्ने सहमति बनेको थियो ।

प्रमुख सचेतक रहेका धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त गरेका थिए ।

उक्त सहमतिबाट मुख्यमन्त्री टाढिएको भन्दै लामा पक्ष संशकित बनेको छ । मुख्यमन्त्री बानियाँले काँग्रेसका दुई र एमालेका छ जना गरी आठ मन्त्री नियुक्त गरेका छन् ।

काँग्रेसबाट नियुक्त भएका दुई मन्त्री बानियाँ पक्षका हुन् । मन्त्रिपरिषद्मा आफ्नो हिस्सेदारी सम्मानजनक हुन नसके २७ साउनमा मुख्यमन्त्री बानियाँले लिन लागेको विश्वासको मत नदिने चेतावनी लामा पक्षले दिएको छ । लामा पक्षको चेतावनीलाई बानियाँ पक्षले दबाबका लागि बोलिएको शैलीको रूपमा व्याख्या गरेको छ ।

विश्वासको मत लिनुअघि दुई पक्षमा आपसी समझदारी गर्नका लागि आज साँझ बानियाँ र लामा पक्षका सांसदहरूको संयुक्त बैठक बस्ने भनिएको छ ।

दुई पक्षमा भएको संवादको आधारमा सोमबार बिहान सभापति शेरबहादुर देउवालाई भेट हुने प्रदेशका एक सांसदले जानकारी गराए ।

दुई पक्षको छलफल हुने स्थानबारे भने उनले खुलाउन चाहेनन् । लामालाई संसदीय दलको नेताको मतदान हुँदा १४ जनाले मत दिएका थिए । बागमतीमा काँग्रेसका ३७ सांसद छन् ।