२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओसिनियाको अग्लो हिमालमा नेपाली झण्डा फहराउन हिँडेका आरोही पाण्डेलाई प्रधानमन्त्रीले गरे बिदाइ 

अ+ अ-

काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पर्वतारोही प्रकाशराज पाण्डेलाई आरोहण अभियानमा सफलताको शुभकामना दिई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्वतारोही पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै अभियानमा सफल रही स्वदेश फिर्न शुभकामना दिएका हुन् ।

विश्वका सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका पर्वतारोही पाण्डे कास्ट्रेन्स्ज पिरामिड भनिने ओसिनिया क्षेत्रको सबैभन्दा अग्लो हिमाल आरोहणका लागि प्रस्थान गर्दैछन् । आरोही पाण्डे अगस्ट ११ मा इण्डोनेशिया तर्फ प्रस्थान गर्दैछन् ।

सगरमाथा, मनास्लु, आमादब्लम लगायत नेपालका विभिन्न हिमाल सहित दर्जनको संख्यामा सफल आरोहण गरिसकेका पाण्डेले सातै महादेशका अग्ला हिमाल चढ्ने अभियान शुरु गर्दै २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउण्ट एलब्रस आरोहण गरेका थिए भने सोही वर्षको नोभेम्बरमा अफ्रिकाको अग्लो चुचुरो किलिमन्जारोको सफल आरोहण गरेका थिए ।

पाण्डेले यसैवर्ष फेब्रुअरीमा अर्जेन्टिनामा रहेको दक्षिण अमेरिकी महादेशको उच्च शिखर अकोन्कागुआको सफल आरोहण पनि गरिसकेका छन् ।

पाण्डेलाई शुभकामना दिन उनको जिल्लाका एमाले नेता कैलाश ढुंगेल समेत प्रधानमन्त्री निवास बालुवाटारमा उपस्थित थिए । एमाले बागमती प्रदेश अध्यक्ष एवं बागमती प्रदेशको पहिलो सरकारको अर्थमन्त्री रहिसकेका ढुंगेलले पाण्डेलाई जिल्लाकै गौरवको रूपमा चित्रण गर्दै हिमाल आरोहणको सफलता र देशको नाउँ चिनाउने कार्यमा सफल रहने शुभकामना दिएका थिए ।

रामेछाप लिखु तामाकोशी-७, तिल्पुङका पाण्डे हाल महालक्ष्मी नगरपालिका-२, ललितपुरमा बसोबास गरी पर्वतारोहण एवं सामाजिक जीवनमा सक्रिय छन् । पाण्डेले सन् २०१६ देखि पर्वतारोहण सुरु गर्दै २०१८ मा सगरमाथाको आरोहण गरेका थिए । त्यसयता निरन्तर हिमालहरू चढिरहेका पाण्डेले सेभेन समिटको विशेष अभियानको सुरुवात गरी नियमित अन्तरालमा महादेशीय उच्च हिमालको आरोहण गर्दै आइरहेका छन् ।

मकालु आउटफिटले सघाएको पर्वतारोही पाण्डेको यस अभियान मार्फत सदाझैँ जलवायु परिवर्तनको मुद्दा उठाउने उनले बताए । आफ्नो अभियानका माध्यमबाट जलवायु परिवर्तनका असरहरूका बारेमा आरोहण गर्ने हिमाल रहेको देश एवं अन्तर्राष्ट्रियरुपमा पनि कुरा उठाउने र सरोकार राख्ने सबैलाई यसतर्फ ध्यानाकृष्ट गराउने प्रयास आफूले गरिरहेको उनले बताए ।