२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देही-३ उपनिर्वाचनका लागि उम्मेदवार छनोटबारे रास्वपाले गर्‍यो आकांक्षीसँग छलफल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं-३ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियाको अन्तिम चरण सुरु गरेको छ।

पार्टीले सार्वजनिक गरेको छनोट टाइमलाइन अनुसार, आज (आइतबार) केन्द्रीय कार्यालयमा आकांक्षी उम्मेदवारहरूसँग छलफल कार्यक्रम आयोजना गरिएको छ।

रास्वपाले काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घण्टी घर’ मा दिउँसो १ बजेदेखि आकांक्षीहरूसँग छलफल गरिरहेको हो। छलफललाई उम्मेदवारको अन्तिम टुंगो लगाउने महत्त्वपूर्ण चरणका रूपमा हेरिएको छ।

उक्त क्षेत्रबाट निर्वाचित सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहोराको निधनपछि सो क्षेत्र रिक्त भएको थियो। जसका लागि निर्वाचन आयोगले कात्तिक १७ गते उपनिर्वाचनको मिति तोकेको छ।

२०७९ को आम निर्वाचनमा यस क्षेत्रबाट राप्रपाका नेता दीपक बोहोरा विजयी हुँदा रास्वपाका उम्मेदवार तेस्रो स्थानमा थिए। यस पटकको उपनिर्वाचनमा व्यवस्थित छनोट प्रक्रियामार्फत बलियो उम्मेदवार उठाएर नतिजा आफ्नो पक्षमा पार्ने रणनीति रास्वपाले लिएको देखिन्छ।

पार्टीले छिट्टै नै आफ्नो आधिकारिक उम्मेदवारको घोषणा गर्ने जनाएको छ।