काठमाडौँ । एएफसी यु-२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल उत्तर कोरियासँगको खेलमा पहिलो हाफमै ५ गोलले पछि परेको छ ।
भुटानमा जारी छनोटमा नेपाल उत्तर कोरियासँग पहिलो हाफमा ५ गोलले पछि परेको हो ।
खेलको तेस्रो मिनेटमा नै उत्तर कोरियाले पहिलो गोल गरेको थियो । त्यसपछि १२औँ मिनेटमा दोस्रो, २४औँ मिनेटमा तेस्रो, ३७औँ मिनेटमा चौथो र ४१औँ मिनेटमा पाचौं गोल गर्यो ।







