२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गाईजात्रा जस्ता पर्वलाई जीवन्त राख्नुपर्छ’ : घिमिरे

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताका लागि पनि गाईजात्राजस्ता पर्वलाई जीवन्त राख्नु सबैको दायित्व र जिम्मेवारी रहेको बताएकी छन् ।

नेवार समुदायमा मनाइने मौलिक सांस्कृतिक पर्व गाईजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आज शुभकामना व्यक्त गर्दै उनले सो कुरा बताएकी हुन् ।

गाईजात्रा भाद्र कृष्ण प्रतिपदादेखि आठ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाइन्छ । पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आआफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनी आदेश दिएकामा गाईजात्राको प्रचलन चलेको जनविश्वास रहिआएको छ ।

उपाध्यक्ष घिमिरेले भनिन्, “विकृतिका विरुद्ध गरिने प्रहसनले हामी सबैलाई सत्कर्ममा डोर्‍याउन प्रेरित गर्दै आएको छ तर यस्ता प्रहसन मुलुकको सार्वभौमसत्ता, अखण्डता, जातीय तथा लैङ्गिक विभेद तथा व्यक्तिगत प्रतिष्ठामा आँच नआउने बनाउन आग्रह पनि गर्दछु ।”

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, र बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश भएको पनि उल्लेख गरेकी छन् । उपाध्यक्ष घिमिरेले भनिन्, “गाईजात्राले हामी सबैमा धार्मिक सहिष्णुता कायम गर्दै सकारात्मक सोचको विकास गर्न अहम् भूमिका खेल्नेछ र सत्मार्गमा लाग्ने प्रेरणा मिल्नेछ भन्ने विश्वास छ ।”