काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको नियमित अक्सनबाट २६ खेलाडी बिक्री भएका छन्। अब १३८ खेलाडीको नाम २० जनाको लिस्टमा हुने छ।
१२ जना खेलाडी २० जनाको लिस्टबाट टिमहरूले छानेर आफ्नो कोटा पूरा गर्नेछन्। नियमित अक्सनबाट काठमाडौँ गोर्खाजले आफ्नो ५ जना खेलाडीको कोटा पूरा गरेको छ।
अन्य टिमले भने अझै २० जनाको लिस्टबाट खेलाडी छानेर टिम पूरा गर्नेछन्।







