२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साढे छ केजी सुनसहित ११ जना भारतीय नागरिक पक्राउ

अ+ अ-

काठमाडौँ। जिल्ला प्रहरी कार्यालय कास्कीले करिब साढे छ केजी अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

शुक्रबार दिउँसोबाट अप्रेसन सुरु गरेर रातभर लगाएर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

शनिबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले छ किलो चार सय ग्राम सुनसहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए। उनीहरूको साथबाट चाँदी चार सय ४४ तोला र पाँच लाख १४ हजार छ सय ६५ रुपियाँसमेत प्रहरीले बरामद गरेको छ। 

बरामद भएको सुनको बजार मूल्य १० करोड ९७ लाख छ। पक्राउ परेका ११ जनालाई नै सामानसहित आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने प्रहरी उपरीक्षक ओलियाले जानकारी दिए । 

पोखरा महानगरको वडा नम्बर २, ३, ४ र ९  का केही क्षेत्रमा अवैध तरिकाले सुन तथा चाँदीको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले शुक्रबार दिउँसो ४ बजेबाट कारबाही सुरु गरेको थियो। कारबाहीका क्रममा राजेन्द्र रामचन्द्र जगताप (४१ वर्ष), मनिकलाल आदक (४५ वर्ष), सन्दीप ढाव (३५ वर्ष), सोमनाथ पाल (४१ वर्ष), दीपक सामन्त (४७ वर्ष) पक्राउ परेका छन्। 

प्रहरीले गोविन्दा दिण्डा (४७ वर्ष), असित वर (३५ वर्ष), तापस सामन्त (४४ वर्ष), उज्ज्वल भोमिक (३८ वर्ष), सुनिता पवार (४० वर्ष), प्रोभास माझी (४९ वर्ष)लाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका भारतीय नागरिकहरू कोलकाता र पश्चिम बङ्गाल घर भई लामो समयदेखि पोखरामा सुनचाँदी कालिगढका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।