काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि देव खनाल १५ लाख रुपैयाँमा चितवन राइनोजमा अनुबन्ध भएका छन्। नेपाली अन्डर-१९ टोलीको पूर्व कप्तान समेत रहिसकेका खनालले पहिलो सिजन कर्णाली याक्सबाट खेलेका थिए।
यसपटक उनलाई अनुबन्ध गर्न चितवन राइनोज र लुम्बिनी लाइन्सबिच प्रतिस्पर्धामा उत्रिएका थिए। दुवै टोलीको बोली १५ लाखसम्म पुगेपछि गोलाबाट देवलाई चितवनले पाएको हो।







