२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी घिन्ताङघिसीसँगै भक्तपुरको गाईजात्रा सुरु

अ+ अ-

काठमाडौँ ।  गाईजात्रा सुरु भएको संकेतस्वरुप भक्तपुरमा आज सरकारी घिन्ताङघिसी नाच प्रदर्शन गरिएको छ ।

गाईजात्रा साउन शुक्ल प्रतिपदा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट सो नाच धुमधामले मनाइन्छ । भक्तपुरमा भने जनैपूर्णिमाको दिउँसो सरकारी घिन्ताङघिसी नाच प्रदर्शनसँगै गाईजात्रा सुरु भएको मानिन्छ ।

वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको पर्व गाईजात्रा सुरु भएको जनाउ दिन गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी दरबारस्क्वाएरस्थित बहटोलबाट घिन्ताङघिसी नाच निकालेको हो ।

भक्तपुरको बहटोलबाट सुरु भएको नाच भक्तपुर नगरका दरबारस्क्वायर, बालाखु गणेश, चोछें, भुलाछें, महालक्ष्मी स्थान, थालछें, गछें, सुजमारी, तचपाल, गोमारी, सुकुलढोका, तमारी, नासमना, बंशगोल, इटाछें र ख:मालगायत क्षेत्रको परिक्रमा गरी पुन:सुकुलढोकामा पुगेर समापन भएको हो ।

धा बाजा, त:बाजा, धिमाय् बाजाको संयुक्त तालमा नाचमा सहभागीले हातमा लठ्ठी जुधाएर घिन्ताङघिसी नाच नाचिन्छ । कृष्णाअस्टमीको दिनसम्म मनाइने भक्तपुरको गाईजात्रामा प्रत्येक दिन साँझ विभिन्न टोलबाट घिन्ताङघिसी नाचसँगै विभिन्न व्याङ्ग्यात्मक नाटक, विभिन्न सांस्कृतिक नाच प्रदर्शन गर्ने परम्परा छ । भक्तपुरमा गाईजात्रा आठ रात नौ दिनसम्म मनाइन्छ ।