२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभापति देउवाद्वारा जनैपूर्णिमा र गाईजात्रा पर्वको शुभकामना व्यक्त

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीहरूको मौलिक सांस्कृतिक पर्वको रूपमा रहेका जनैपूर्णिमा र गाईजात्रा पर्वको शुभकामना व्यक्त गरेका छन् । 

सभापति देउवाले आज एक सन्देश जारी गरी जनैपूर्णिमा र गाईजात्रा पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा पार्टी र आफ्नो तर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका हुन् । 

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण नेपालमा विभिन्न जातजाति/समुदायका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्वहरू रहेको सभापति देउवाले बताए  ।

“विभिन्न चाडपर्वमध्ये श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरूको महान् पर्व रक्षाबन्धन, जनैपूर्णिमा ९ऋषितर्पणी० तथा नेवार समुदायमा वर्ष दिनभित्रमा दिवङ्गत आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको गाईजात्रा पर्व पनि महत्त्वपूर्ण पर्वहरू हुन्, जसले नेपाली समाजको आस्थासँगै परम्परागत मूल्यहरूलाई जीवित राखेका छन्”, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पूर्वप्रधानमन्त्री देउवाले लोकतान्त्रिक व्यवस्थामा मात्र सबै जातजाति, भाषाभाषी, धर्म–संस्कृति र परम्पराहरूलाई समान अधिकार र अवसर प्राप्त हुने बताए। उनले यस्ता सांस्कृतिक धरोहरलाई भावी पुस्ताका लागि संरक्षण गर्दै, पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व र जिम्मेवारी भएको उल्लेख गरे ।