२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यवाहक प्रधानमन्त्रीको दाबी : ‘आदिवासी जनजातिको अधिकार संरक्षणमा काँग्रेसको महत्त्वपूर्ण भूमिका’

अ+ अ-

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजातिलाई अधिकार सुरक्षित गर्न नेपाली काँग्रेसको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्। 

काँग्रेसनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघले विश्व आदिवासी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले काँग्रेसले नीतिगत तहमा प्रतिनिधित्व सुरक्षित गर्न खेलेको भूमिकाको चर्चा गरे।  

कार्यक्रममा प्रमुख अतिथि रहेका पार्टी सभापति शेरबहादुर देउवाको उपस्थिति विश्व आदिवासी दिवसको कार्यक्रममा अर्थपूर्ण रहेको सिंहले बताए। 

‘शेरबहादुर देउवाले नै पार्टीको मेनिफेस्टोमा लेखेको कदमजम (कर्णाली, दलित, मधेसी, जनजाति, महिला)लाई सरकार हुँदा अगाडि बढाएका हुन्। त्यसैले पनि आज उनको उपस्थिति अर्थपूर्ण छ,’ काँग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले भने, ‘नीति निर्माणको थलो (संघ, प्रदेश र स्थानीय तह) मा आदिवासी जनजातिको उल्लेखनीय प्रतिनिधित्व भएको छ। यसलाई अझै वृद्धि गर्दै लैजानुपर्छ।’ 

उनले प्राप्त उपलब्धिको संरक्षण गर्दै थप अधिकारहरूका लागि अघि बढ्नुपर्नेमा पनि जोड दिए।