२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्र बैंकमा थुप्रिएको वित्तीय प्रणालीको पैसा घटेर ४ खर्बमा झर्‍यो

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा थुप्रिएको वित्तीय प्रणालीको पैसा ४ खर्बमा झरेको छ ।

शुक्रबार स्थायी निक्षेप सुविधाको साढे २ खर्ब फिर्ता भएसँगै केन्द्रीय बैंकमा रहेको बक्यौता रकम घटेको हो ।

बिहीबार केन्द्रीय बैंकसँग वित्तीय प्रणालीको ६ खर्ब ६९ अर्ब रुपैयाँ बक्यौता थियो । यो रकम शुक्रबार घटेर ४ खर्ब १५ अर्बमा झरेको छ । बिहीबार केन्द्रीय बैंकले लिएको स्थायी निक्षेप सुविधा अन्तर्गतको २ खर्ब ५४ अर्ब रुपैयाँ फिर्ता गरेपछि बक्यौता रकम घटेको हो ।

केन्द्रीय बैंकले स्थायी निक्षेप परिपक्व हुने दिन सार्वजनिक बिदा परेको खण्डमा अघिल्लो दिनै फिर्ता गर्छ । सोही अनुसार आइतबार सार्वजनिक बिदा भएका कारण बिहीबारको स्थायी निक्षेप आइतबार परिपक्व हुनुपर्नेमा शुक्रबार नै फिर्ता गरेको केन्द्रीय बैंक स्रोतले जानकारी दिएको छ । 

शुक्रबार केन्द्रीय बैंकसँग निक्षेप संकलन उपकरण मार्फत खिचेको पैसा ४ खर्ब १५ अर्ब मात्रै बक्यौता रहेको हो ।

आर्थिक गतिविधिमा आएको सुस्तताका कारण समग्र बजार माग बढ्न सकेको छैन । बजार माग नबढेपछि उपभोग पनि बढ्न सकेको छैन । त्यसले गर्दा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी समेत अपेक्षा अनुसार बढ्न सकेको छैन ।

रेमिट्यान्स आप्रवाहमा निरन्तर सुधार आए पनि उपभोगमा सुधार नआउँदा वित्तीय प्रणालीमा अधिक तरलता समस्या देखिएको हो ।

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि अन्तर बैंक ब्याजदर घट्ने गर्छ । अन्तरबैंक दर घट्दा समग्र ब्याजदरलाई पनि असर गर्छ । त्यसका लागि केन्द्रीय बैंकले ब्याजदर करिडोर लागु गरेको छ ।