२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपालको दाबी : ‘हाम्रो पार्टीले उथलपुथल ल्याउन सक्छ, सानो भन्न मिल्दैन’

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीलाई सानो भन्न नमिल्ने तर्क गरेका छन्। 

पार्टीनिकट उद्योग व्यवसायीको अधिवेशनलाई सम्बोधन गर्दै पार्टीले जनताको मन र भावना जित्दै गइरहेको जिकिर गरे।

उनले भने, ‘हाम्रो पार्टीप्रति जनताको आकांक्षा छ, समाजवादी मोर्चामा समस्या खडा भइसकेको थियो, त्यसमा पनि हामीले पहल गर्नुपर्‍यो। हाम्रो पार्टी अफिसमा बसेर पहल गर्‍यौँ। सबै आआफ्नो पार्टी काममा मात्रै केन्द्रित भए भन्ने गुनासो थियो।’

उनले मोर्चाले सातै प्रदेशमा गरेको कार्यक्रम स्मरण गर्दै जनतालाई प्रभावित पार्न सक्ने स्थिति रहेको बताए।

उनले थपे, ‘जनताको मत जितेपछि उनीहरूको मन जितेर काम गर्‍यो भने त्यो दिगो हुन्छ। र फैलिँदै जान्छ। यो पार्टीलाई सानो छ भन्छन्, के शब्दको प्रयोग गरेको होला भन्ने लाग्छ। हामी सानो हो भने एउटा मात्रै सांसद जितेको पार्टीलाई के भन्ने ? महासानो भन्ने ? हामी तीन प्रदेशको त मुख्यमन्त्री नै बनायौँ। बागमती, कोसी र सुदूरपश्चिममा। त्यो बनाएको हैसियत र शक्ति भएरै हो। उथलपुथल गर्न सक्यो भने मात्रै काम लाग्ने हो, हामीले त्यो क्षमता राख्छौँ।’

उनले बजारको हल्लापछि नगाली पार्टी निर्माणको काममा लाग्न पार्टीपंक्तिलाई निर्देशन दिए।