२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालिकोटको रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना हुँदै

अ+ अ-

काठमाडौँ । कालिकोटको रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ ।

रास्कोट नगरपालिका, सान्नीत्रिवेणी, पचालझरना, पलाता र नरहरिनाथ गाउँपालिकालाई लक्षित गरेर प्रदेश निर्वाचन क्षेत्र नं ख का लागि रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्न बिहीबार अर्थ मन्त्रालयले स्रोत सुनिश्चितताका लागि स्वीकृति प्रदान गरेको हो ।

कठिन भौगोलिक अवस्थिति रहेको कालिकोटमा नागरिकतालगायतका सेवा लिन सदरमुकाम मान्म पुग्न त्यस क्षेत्रका नागरिकलाई कठिनाइ छ ।

जनगुनासो सम्बोधन गर्दै सरकारले इलाका प्रशासन कार्यालय स्थापनाको लागि स्रोत सुनिश्चित गरेको रास्कोट घर भएका एमाले केन्द्रीय सदस्य नगेन्द्र शाहीले बताए ।

उनले रास्कोट इलाका प्रशासनका लागि सबै दलले चुनावी मुद्दा बनाएको स्मरण गर्दै नरहरिनाथस्थित कोटबाडा विमानस्थल सञ्चालन, मान्म कोटबाडा केबुलकार वा लामो पुलको आवश्यकता रहेको सुनाए ।

रास्कोटलाई केन्द्र बनाएर शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्धन तथा सरकारी सेवा उपलब्ध गराउन भएका प्रयास सफल हुँदै गएको नगर प्रमुख धर्मराज शाहीले बताए । उपप्रमुख मनिराज बरालले नागरिकता बनाउनकै लागि सदरमुकामपारिका करिब ७० हजार बासिन्दाले सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्त्य भएको जानकारी दिए ।

संघीयताको मर्मअनुसार सहज सेवा दिन राज्यले गरेको निर्णय स्वागतयोग्य भए पनि नरहरिनाथका नागरिकलाई रास्कोटभन्दा मान्म पायक पर्ने भएकाले सदरमुकाम बाटै नागरिकता लिने व्यवस्था हुनुपर्ने गाउँ पालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए । उनले नरहरिनाथका बासिन्दाका लागि मान्मलाई नै सेवा केन्द्र तोक्न सरकारसँग आग्रह गरेका छन् ।