२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नै स्याटलाइट बनाउन जापानसँग नेपालले राख्यो प्राविधिक सहयोगको अपेक्षा

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालले आफ्नै स्याटलाइट बनाउन जापानसँग प्राविधिक सहयोगको अपेक्षा गरेको बताएका छन् ।

बिहीबार काठमाडौँस्थित हिलटन होटेलमा भएको ‘नेपाल-जापान आइटी फोरम २०२५’ मा बोल्दै उनले नेपाल प्राविधिक र भौगोलिक हिसाबले सूचना प्रविधिको केन्द्र बन्न उपयुक्त रहेको भन्दै जापानी साझेदारसँग उद्योग सञ्चालनको आह्वान गरे ।

स्याटलाइटले ग्रामीण सम्पर्क, मौसम पूर्वानुमान, विपद् तयारी र दूरशिक्षालाई सुदृढ बनाउने मन्त्री गुरुङको भनाइ थियो । उनले नेपाल ‘नलेज-इकोनमी’ तर्फ रूपान्तरण हुँदै गएको र नेपाल दक्षिण एसियाको उदाउँदो सिलिकन भ्याली भएको दाबीसमेत गरे । उनले विद्युतीय सुशासन, आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा र डिजिटल पूर्वाधारमा सरकारको बलियो प्रतिबद्धता रहेको बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले जापानसँगको प्राविधिक साझेदारीलाई राज्यस्तरमै व्यवस्थापन गर्नुपर्ने धारणा राखे । सुरुवाती रूपमा नेपालले कुनै पनि देशका दुई/तीन वटा ठुला प्रविधि कम्पनीको कार्यालय स्थापना गर्न सके अन्य कम्पनीहरू स्वतः आउने उनको भनाइ थियो ।

जापान(नेपाल आइटी एसोसिएसन (जेएनआईटी) का अध्यक्ष शरद राईले जापानमा परम्परागत रेस्टुरेन्ट व्यवसायबाट माथि उठेर नेपालीहरूले सूचना प्रविधि क्षेत्रमा आफूलाई चिनाउने उपयुक्त समय रहेको औँल्याए । यसका लागि आफूहरूले पहल गरिरहँदा सरकारले पनि नेपालको ब्रान्डिङमा कूटनीतिक पहल अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सूचना प्रविधि क्षेत्रका जानकार, जापानी व्यवसायी र नेपाली आइटी उद्यमीहरूले आफ्ना भनाइ र अनुभव सुनाएका थिए । नन्काइ इलेक्ट्रिक रेलवेका टाकाहिरो ओत्सुका र योहेई सुकामोटोले जापानमा आइटी जनशक्तिको अभाव बढिरहँदा नेपालका युवा र दक्ष प्राविधिक जनशक्तिलाई त्यहाँ अवसर रहेको बताए । उनीहरूले नेपालमा लगानी गर्न सकिने वातावरण छ कि छैन भनेर मूल्यांकन गर्न अनुसन्धान अघि बढाएको जानकारी पनि दिए ।

कार्यक्रममा जन बी पार्क, आधार लामिछाने, सन्दीप ढुंगाना, अनिशमान श्रेष्ठ र सौगात केसीले पनि आफ्ना अनुभव, आइटी क्षेत्रको अन्तराष्ट्रियकरण, नेपाली बजारको रणनीतिक प्रयोगबारे बोलेका थिए ।