२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिद्धार्थ बैंकको नाफा बढ्यो

अ+ अ-

काठमाडौँ । सिद्धार्थ बैंकको नाफा १० प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरणअनुसार खुद नाफा ३ अर्ब ३९ करोड रुपैयाँ छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ३ अर्ब ८ करोड रुपैयाँ थियो । खुद ब्याज आम्दानीमा आएको सुधारले नाफा बढाएको छ । खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष ७ अर्ब ९३ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष यो बढेर ८ अर्ब ४३ करोड पुगेको छ ।

नोक्सानी व्यवस्थापन बापत छुट्याइएको रकम सामान्य बढेको छ । यस्तो रकम पहिले १ अर्ब ५ करोड रुपैयाँ रहेकोमा गत असार मसान्तसम्म १ अर्ब ३१ करोड रुपैयाँ छ ।

बैंकको नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । पहिले २१ रुपैयाँ ८६ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले २४ रुपैयाँ १० पैसा छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ८६ करोड रुपैयाँ छ । प्रतिसेयर १३ रुपैयाँ २२ पैसा वितरणयोग्य नाफा हो ।

बैंकको प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ९७ पैसा छ । बैंकको चुक्ता पुँजी १४ अर्ब रुपैयाँ छ । हाल सेयर मूल्य प्रतिकित्ता ३७१ रुपैयाँ छ ।

बैंकको निष्क्रिय कर्जा सामान्य बढेको छ । कुल कर्जामा निष्क्रिय कर्जाको अंश पहिले २.१७ प्रतिशत रहेकोमा गत असार मसान्तसम्म २.६२ प्रतिशत छ । बैंकको आधार दर घट्दो क्रममा छ । अघिल्लो वर्ष ८.११ प्रतिशत रहेकोमा अहिले यो ६.४२ प्रतिशतमा झरेको छ । इक्वीटीमा वार्षिक प्रतिफल ११.५० प्रतिशत छ ।