२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यक्षविरुद्ध लाग्नेमाथि अझै कठोर बन्नुपर्ने राप्रपा संस्थापन पक्षको निष्कर्ष

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद अझै चुलिँदै गएको छ । बिहीबार काठमाडौँको बत्तिसपुतलीस्थित होटेल तपसमा अध्यक्ष राजेन्द्र लिङ्देन पक्षको बैठकले अध्यक्षविरुद्ध लाग्नेहरूलाई अझै कठोर बन्न तयार रहनुपर्ने निष्कर्ष निकालेको छ ।

अध्यक्ष लिङ्देनका निर्णयविरुद्ध अर्को पक्षको बैठक बस्ने तथा पटक पटक विज्ञप्ति निकाल्न थालेपछि संस्थापन पक्ष पनि छलफलमा जुटेको थियो ।

उक्त छलफलले यस्तो निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।

बैठकमा अध्यक्ष लिङ्देनले आफूलाई साथ मिलेको खण्डमा अझै निर्मम भएर अघि बढ्ने बताएका थिए । ‘तपाईँहरूको साथ भयो भने झन् निर्मम भएर अगाडी बढ्छु,’ लिङ्देनले आफू पक्षीय भेलामा भनेका छन् ।

उनले पुरानो प्रवृत्तिसँग लड्नका लागि जुनसुकै मूल्य चुकाउन आफू तयार भएको पनि बताए । ‘काम गर्न नदिएको कारण मैले निलम्बन गरेको हुँ । कारबाही गर्नुपर्‍यो भने झन् उहाँहरूलाई गाह्रो पर्ला,’ लिङ्देनले भनेका छन्, ‘पुरानो प्रवृत्तिसँग लड्न जुनसुकै मूल्य चुकाउन तयार छ ।’

चैतभित्र महाधिवेशन गर्नका लागि कोसिस गर्ने पनि लिङ्देनले बताएका छन् । लिङ्देन पक्षले आव्हान गरेको बैठकमा असन्तुष्ट नेताहरूलाई बोलाइएको थिएन ।

महामन्त्री डा. धवलशमसेर राणाको नेतृत्वमा असन्तुष्ट पक्षको बैठक बस्दै आएको छ । संस्थापनइतरका एक नेताले भने, ‘बैठक बसिरहेको भन्ने सुनेका छौँ । हामीलाई खबर गरिएको छैन ।’

मुकुन्दश्याम गिरी, नवराज सुवेदी, सगुन लावती, धनसुर शाहीलगायतलाई अध्यक्ष लिङ्देनले पदमुक्त गरेपछि पार्टीभित्र विवाद बढ्दै गएको छ ।

तर, पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले पार्टीमा विवाद नभएको जिकिर गरे ।