२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेरुजु फर्स्यौट र रुग्ण ठेक्का व्यवस्थापन प्राथमिकतामा राख्न भौतिक मन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ। भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणसँगै बेरुजू फर्स्यौट र रुग्ण ठेक्का व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

बुधबार र बिहीबार चलेको सडक विभागको गत आर्थिक वर्षको कार्य सम्पादन समीक्षा कार्यक्रम समापन सत्रमा उनले कार्य सम्पादनका हरेक चरणमा आर्थिक सुशासन कायम गर्न निर्देशन दिएका छन् ।

गुणस्तरीय निर्माण कार्य अघि बढाउन विभाग अन्तर्गत रहेका प्रयोगशालाको क्षमता विकास गरी पूर्णरूपमा सञ्चालनको वातावरण बनाउन पनि उनले निर्देशन दिए ।

पुल निर्माण क्षेत्रमा देखिएका समस्यालाई मन्त्रालयले गम्भीर रूपमा लिएको भन्दै मन्त्री दाहालले समस्याग्रस्त पुलको निर्माण कार्य अघि बढाउन विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

देशभरि निर्माण सुरु भई अलपत्र, ठेक्का लागेर पनि सुरु नभएका वा पूरा नभएका, त्रुटि देखिएका पुलको समस्या लामो समयसम्म रहन नदिन उनले निर्देशन दिए ।

राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय महत्त्वका योजना, रूपान्तरणकारी कार्यक्रम जस्ता विशेष महत्त्वका क्षेत्रमा स्रोतसाधन अभाव हुन नदिने समेत उनले प्रतिबद्धता जनाए । उत्तर-दक्षिण राजमार्ग, त्रिदेशीय करिडोर, राजस्व संकलनमा सहयोग पुग्ने संरचना, कृषि उपज बजारीकरण लगायतमा सहयोग पुग्ने आयोजना, योजनामा समेत विशेष ध्यान दिने उनले बताए ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले दसैंअघि नै देशभरिका सडक खाल्डारहित बनाउने काम अघि बढाउन निर्देशन दिए । गत आवको पुँजीगत खर्च नतिजाबाट उत्साही मात्र नभई थप नतिजा आउने गरी काम गर्न निर्देशन दिए ।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न कार्यालय, कार्यालय प्रमुख तथा निर्माण व्यवसायीलाई पुरस्कृत गरिएको थियो । दुई दिन सञ्चालन भएको कार्यक्रममा सडक विभाग अन्तर्गतका देशभरिका कार्यालय प्रमुख, दातृ निकायका प्रतिनिधि तथा सरोकार राख्ने अन्य कार्यालयका प्रतिनिधिको पनि सहभागिता रहेको सडक विभागका महानिर्देशक डा। विजय जैसीले जानकारी दिए ।