काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतमा तीन जना महिला न्यायाधीश न्यायाधीश सिफारिस गरेको छ।
बिहीबार प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको बैठकले २७ जनालाई न्यायाधीशमा सिफारिस गरेको हो। त्यसमध्ये तीन जना महिला छन्।
परिषद्ले जिल्ला अदालत मकवानपुरकी न्यायाधीश अवानी मैनाली भट्टराईलाई उच्च अदालतमा न्यायाधीशका लागि सिफारिस गरेको हो। उनी नियुक्ति भएसँगै उच्च अदालत पाटनमा पदस्थापन हुनेछिन्।
त्यस्तै कानून व्यवसायी तर्फबाट शर्मिला थापा विष्ट र निशा बानियाँ पनि उच्च अदालतमा न्यायाधीशका लागि सिफारिस भएका छन्।







